जनता बैंकले पाँच दिन थप्यो हकप्रद भर्ने म्याद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंकले पाँच दिन थप्यो हकप्रद भर्ने म्याद



काठमाडाै ५ पुस । जनता बैंकले निश्काशन गरेको ५० प्रतिशत हकप्रद सेयरमा आबश्यक रुपमा आबेदन नपरेपछि आबेदन गर्ने म्याद पाँच दिन थपेको छ ।
बैंकको हकप्रद भर्ने म्याद आजसम्म तोकिएकोमा उल्लेखनीय रुपमा आबेदन नपरेपछि पाँच दिन म्याद बढाएर पुस १० गतेसम्म आबेदन गर्न सकिने गरी सार्वजनिक सूचना जारी गरेको छ ।

जनता बैंकको सेयर बिक्री प्रबन्धक एनसीएम मर्चेन्ट बैंकिङ रहेको छ । बैंकका सेयरधनीले एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड, कमलपोखरी सहित जनता बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट आवेदन फारम पाउन र बुझाउन सक्नेछन् । जनता बैंक नेपालले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यको एक करोड तीन लाख कित्ता हकप्रद सेयर सर्वसाधारणमा जारी गरेको थियो ।

प्रकाशित : ५ पुष २०७३, मंगलवार ०७:३२