नेपाल टेलिकम र ओरेडू कतारबीच सम्झौता



काठमाडौ  ५ पुस । नेपाल टेलिकम र ओरिडु कतार (Ooredoo Qatar)  बीच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार अब नेपाल टेलिकमका जीएसएम पोष्टपेड मोबाइल प्रयोगकर्ताहरु कतारमा गएको समयमा पहिलेभन्दा सस्तो दरमा नेपालमा कल गर्न सक्ने छन् ।

गत मंसिर ३० गते (डिसेम्बर १५) कतारमा सम्पन्न उक्त सम्झौतामा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय र (Ooredoo Qatar)  को तर्फबाट एक्टिंग सीइओ खालिद अल मन्सुरीले हस्ताक्षर गरेका छन् ।

आगामी जनवरीदेखि नयाँ सम्झौता अनुसारको दर लागू हुनेछ । यो भन्दा पहिले सन् २००६ अक्टोबर १२ मा नेपाल टेलिकम र (Ooredoo Qatar)  बीच अन्तर्राष्ट्रिय रोमिङ सेवासम्बन्धी सम्झौता भएको थियो । हाल सोही सम्झौताको महसुल दरलाई परिमार्जन गरिएको हो ।

सो सम्झौताका अवसरमा नेपाल टेलिकमका सञ्चालक सदस्य राजीव गौतम, कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र उपप्रबन्धक तथा सहप्रबक्ता शोभन अधिकारी एवं (Ooredoo Qatar) का बरिष्ठ अधिकृतहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
गरिमा विकास बैंकद्धारा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक

काठमाडाै । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास

सुनको मूल्य घट्यो

काठमाडाै । सुनको मूल्यमा गिरावट आएको छ । हिजो (बुधबार) तोलाको ८९ हजार

चिकित्सकले तोके स्वास्थ्य परिक्षणको शुल्क

काठमाडौँ। अस्पतालको बहिरङ (ओपिडी) शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन

ओली सरकारका ७४ उपलब्धी (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षको अवधिमा संघीयता र संविधान कार्यान्वयनमा