सपोर्ट माइक्रोफाइनान्स सेयर आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सपोर्ट माइक्रोफाइनान्स सेयर आउँदै



काठमाडौं ६ पुस ।  सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले यही चैतभित्र सेयर जारी गर्ने योजनासहित अगाडि बढेको छ । कम्पनीले हालै एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले सर्वसाधारणमा १ करोड ८० लाख रुपैयाँको (१ लाख ८० कित्ता) सेयर जारी गर्ने भएको हो । सेयर जारीपछि कम्पनीको चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्ने छ ।

हाल संस्थापकहरुको तर्फबाट चुक्ता पूँजीमा ४ करोड २० लाख रुपैयाँ लगानी भइसकेको छ । कम्पनीको अधिकृत पूँजी भने १५ करोड रहेको छ ।

प्रकाशित : ६ पुष २०७३, बुधबार १२:३५