भिवोर सोसाइटीलाई अन्तराष्ट्रिय अवार्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भिवोर सोसाइटीलाई अन्तराष्ट्रिय अवार्ड



काठमाडाै ६ पुस। भिवोर सोसाइटी डेभलपमेन्ट बैंकले अन्तराष्ट्रिय अवार्ड जितेको छ । बेलायतको अक्सफोर्ड अन्तर्गतको यूरोप बिजनेश एसेम्ब्लीले भिवोर सोसाइटी डेभलपमेन्ट बैंकलाई एशिया प्रशान्त क्षेत्रको उत्कृष्ट बैङ्कको अवार्ड प्राप्त गरेको छ ।

मंगलबार राती भएको अवार्ड कार्यक्रममा बैंकका अध्यक्ष सुशिलराज पराजुली र प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले अवार्ड ग्रहण गरे । यूरोप बिजनेश एसेम्ब्लीले समाजलाई आर्थिक, शैक्षिक र बैज्ञानिक रूपमा विकास गर्न सहयोग पु¥याउने संस्थालाई अवार्ड प्रदान गर्दै आएको छ ।

अवार्ड ग्रहणपछि अध्यक्ष पराजुलीले बैंकको सेवालाई अझ प्रभावकारी बनाउने बताए । गत वर्ष प्राइम कमर्शियल बैंकले यो अवार्ड जितेको थियो ।

प्रकाशित : १९ पुष २०७२, आईतवार १३:३८