नेपाल टेलिकममा रणनीतिक साझेदार नियुक्ति प्रक्रियामा तातो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल टेलिकममा रणनीतिक साझेदार नियुक्ति प्रक्रियामा तातो



काठमाडौं ६ पुस । नेपाल टेलिकममा रणनीतिक साझेदार नियुक्ति, कार्यान्वयन लगायत आवश्यक कार्यहरुमा परामर्श दिनका लागि परामर्शदातासँग सम्झौता भएको छ ।

बोलपत्रमार्फत छनोट भएको परामर्शदाता एनालिसिस मसुन लिमिटेड यूकेसँग बुधबार उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र एनालिससका रोहन धमिजाले सही गरे ।

उक्त संस्थाले नेपाल टेलिकमको ड्यू डिलिजेन्स तथा शेयर विनिवेश गर्ने लगायतका रणनीतिक साझेदार भित्र्याउनका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्न परामर्श दिनेछ ।

प्रकाशित : ६ पुष २०७३, बुधबार १५:२८