असोज १ गतेदेखि सुपथ मूल्य पसल : कहाँ-कहाँ हुँदैछन् सञ्चालन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

असोज १ गतेदेखि सुपथ मूल्य पसल : कहाँ-कहाँ हुँदैछन् सञ्चालन ?



काठमाडौं । सरकारसंगको सहकार्यमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बर्षेनि सञ्चालन गर्दै आएको सहुलियत मुल्य पसल यस बर्ष पनि निरन्तररता दिने भएको छ । काठमाडौं उपत्यकाका ६ ठाउँ र बाहिरी जिल्लामा आ–आफ्ना शाखा तथा क्षेत्रमा सञ्चालन गर्ने तयारी गरेको हो । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

दशैं, तिहार र छठलाई लक्षित गरी उपभोक्तालाई सहज र सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउन सहुलियत पसल सञ्चालन गर्ने तयारीमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनका प्रवक्ता कुमार राज भण्डारीले जानकारी दिए ।

चाडपर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको उनले जानकादिए ।

त्यसैगरी, उनका अनुसार यता सहुलियत पसल सञ्चालनका लागि भने उपत्यकाभित्र सतुंगल, कालीमाटी, जावलाखेल, जडिबुटी, कोटेश्वर,भक्तपुर, बनेपा र उपत्यका बाहिर पोखरा, नारायणघाट,भैरहवा,नेपालगञ्ज लगाएतका ठाउँ जहाँ कर्पोरेसनको कार्यलय छ त्यहिबाट सञ्चालन गरिने साथै घुम्तीसेवा मार्फतपनि सञ्चालन गरिनेछ ।

केमा कति छुट ?

विगतको बर्षहरुमा उक्त सहुलियत पसलमा नुनमा २ रुपैंया , चिनीमा ५ रुपैंया छुट दिएकोमा यस बर्ष चिनी समावेश नभएकाले नुनमा प्रतिकिलो २ रुपैंया र तेल, चिउरामा प्रतिलिटर प्रतिकिलो ७ रुपैंया छुट दिने तयारी गरेको कम्पनीले विभिन्न भेराइटीका सामान हुने भएकाले मन्त्रालयबाट निर्णय भएर नआएसम्म यति रुपैंया सम्म छुट दिने भनेर भन्न नसकिने जनाएको छ । चामल लगायतका अन्य सम्पुर्ण खाद्य वस्तुहरू नुन, तेल, गेडागुडी, दाल, मसलाहरु रहेको छन् । यसपालि साल्ट ट्रेडिङले गत बर्षदेखि नै सरकारसंग चिनि ल्याउन स्वीकृतका लागि आपुर्ति मन्त्रालयमा पत्र पठाएपनि अर्थमन्त्रालयबाट निर्णय भई नआएकाले चिनी सहुलिएत मुल्यमा दिन नसकेको प्रवक्ता भण्डारीले बताए ।

साथै, भण्डारीले कर्पोरेसन व्यापारीक संस्था मात्र नभएर राज्यको ५० बर्षदेखिको जिम्मेवारी बोकेको संस्था भएकोले बजारबाट ट्रेडिङ गरेर ल्याएको उत्कृष्ट, गुणस्तरयुक्त सामान मात्र ल्याएर उपभोक्तालाई बेच्ने गरेको उनको दाबी छ । त्यसैले उपभोक्ताले ढुक्क भएर सामान खरिद गर्न सकिने उनको भनाई छ । एक जना बराबर कति किलोसम्म खरिद गर्न पाउने भन्ने कुरामा सरकारबाट निर्णय भई नआएसम्म भन्न नसकिने एक दुई दिनमा निर्णय आउने भन्दै कर्पोरेसनले उपभोक्ताको सहजताका लागि नगद तिरेर वा अनलाईनबाट तिरेर पनि सामान खरिद गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित : २३ भाद्र २०७९, बिहीबार ०८:२२