धुर्मुस-सुन्तली बैंक अफ काठमाडौं लुम्बिनीको ब्राण्ड एम्बेसडर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

धुर्मुस-सुन्तली बैंक अफ काठमाडौं लुम्बिनीको ब्राण्ड एम्बेसडर



काठमाडौं ७ पुस । बैंक अफ काठमाण्डु लुम्बिनी लिमिटेडले आफ्नो सेवा र व्यवसाय प्रवर्द्धन गर्न समाजसेवी एवम् हास्यकलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई ब्राण्ड एम्बेसेडर नियुक्त गरेको छ । दुई पक्षबीच बुधबार सो सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र कलाकार सीताराम कट्टेलले सम्झौतामा हस्ताक्षर गरेका थिए । नवनियुक्त ब्राण्ड एम्बेसेडरहरुले टेलिभिजन, रेडियो, पत्रपत्रिका र अनलाइनसञ्चार माध्यमबाट एकीकृत रुपमा बैंकको प्रवर्द्धन गर्नेछन् । बैंकले “वचत नै हो धन, सुनौलो भविष्य, सजिलो जीवन ” नारालाई कार्यरुप दिने लक्ष्य लिएको छ ।

हस्ताक्षरका अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कलाकारद्वयसँगको सहकार्यले बैंकलाई दीर्घकालीन सहयोग पुग्ने बताए ।

सीताराम कट्टेल र कुञ्जनाघिमिरेले आफूहरुलाई बैंकले ब्राण्ड एम्बेसेडर नियुक्त गरेकोमा प्रसन्नता व्यक्त गर्दै आफूले सक्दो सहयोग दिने बताए ।

प्रकाशित : ७ पुष २०७३, बिहीबार ०३:३५