अभियानमैत्री सहकारी ऐन आवश्यकः केबी उप्रेती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अभियानमैत्री सहकारी ऐन आवश्यकः केबी उप्रेती



सिमरा, ७ पुस । राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक केबी उप्रेतीले व्यवस्थापिका संसदमा विचाराधिन रहेको सहकारी ऐनलाई अभियानमैत्री बनाउन आग्रह गरेका छन् । बिहिबार सिमरास्थित सहकारी बैंकको सिमरा शाखा कार्यालय स्थानान्तरण विशेष कार्यक्रममा बोल्दै उप्रेतीले उक्त आग्रह गरेका हुन । सिमरास्थित नवनिर्मित हातेमालो बचत तथा ऋण सहकारी संस्थामा कार्यालय उदघाटन गर्दै उप्रेतीले सहकारीहरुलाई कर सहुलियत दिए अहिलेको भन्दा चार गुणा बढी संकलन गर्न सकिने बताए ।

सहकारीहरु सामाजिक व्यवसायको रुपमा क्रियाशिल रहेको र समुदायको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण भूमिका खेलेको बताउदै त्यसलाई निजी सरह व्यवहार राज्यले गर्नुहुदैन । अन्तरराष्ट्रिय रुपमा सहकारीलाई विशेष व्यवस्था गरिएको दृष्टान्त प्रस्तुत गर्दै सहकारीलाई संविधानको भावना अनुरुप बढाउन सके मुलुकलाई छोटो समयमा समृद्ध बनाउन सकिने उप्रेतीले बताए ।

कार्यक्रममा डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेल, साना किसान कृषि सहकारी संघका अध्यक्ष शिव अधिकारी, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, पर्साका अध्यक्ष राजेश पण्डित, उपाध्यक्ष असगर अली अन्सारी, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष पुष्पराज खतिवडा, बरिष्ठ सहकारीकर्मी मुकुन्दबहादुर क्षेत्री, राष्ट्रिय सहकारी बैंक वीरगञ्ज प्रमुख युवराज त्रिपाठीलगायतले बताए ।

राष्ट्रिय सहकारी बैंक वीरगञ्ज शाखाले वीरगञ्जमा सहकारीकर्मीहरुवीच अन्तरक्रिया कार्यक्रम गरेको छ । वीरगञ्ज शाखा कार्यालयका संयोजक एवम् पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक केबी उप्रेती, नेफ्स्कून सञ्चालक डा. कृष्ण पौडेल, डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेल, वीरगञ्ज प्रमुख राजु साह, जिल्ला कृषि सहकारी संघका अध्यक्ष रामनरेश जायसवाल लगायतले  बताए । कार्यक्रमको सहजीकरण राष्ट्रिय सहकारी बैंक वीरगञ्ज प्रमुख युवराज त्रिपाठीले बताए ।

प्रकाशित : ७ पुष २०७३, बिहीबार १२:१८