नेप्से परिसुचक ४ दशमलव ७८ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से परिसुचक ४ दशमलव ७८ अंकले बढ्यो



काठमाडौं, ७ पुस । साताको अन्तिम दिन बिहिबार नेप्से परिसुचक ४ दशमलव ७८ अंकले बढेर १४ सय ७५ दशमलव ४१ को बिन्दुमा आएर कारोबार बन्द भएको छ । आज जम्मा १३८ ओटा कम्पनीको ५० करोड २२ लाख रुपैयाँ बराबरको मात्रै शेयर कारोवार भएको छ ।

त्यस्तै क वर्गको मापन गर्ने सेन्सिटिभ इन्डेक्स १ दशमलव २० अंकले घटेर ३ सय १८ दशमलव ७६ को बिन्दुमा रोकिएको छ ।

आजको नेप्से परिसुचक बढेता पनि होटल समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो समूहमा २३ दशमलव ३१ अंकको गिरावट आएको छ । त्यस्तै बीमा, जलविद्युत् र फाइनान्स समूहका लगानीकर्ताले घाटा व्यहोर्न परेको छ ।

आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले कमाएका छन् । यो समूह आज ३४ दशमलव ०१ अंकले बढेको छ । त्यस्तै अन्य समूह १९ दशमलव ९६ अंकले बढेको छ ।

प्रकाशित : ७ पुष २०७३, बिहीबार १३:०८