काठमाडाैँ क्षेत्र नम्बर १ मा पत्रकार सीताराम ढुङ्गेलको स्वतन्त्र उम्मेदवारी घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

काठमाडाैँ क्षेत्र नम्बर १ मा पत्रकार सीताराम ढुङ्गेलको स्वतन्त्र उम्मेदवारी घोषणा



काठमाडौं । सत्याग्रह साप्ताहिक र काठमाडौं न्युजडटकमका अध्यक्ष तथा प्रधान सम्पादक सीताराम ढुङ्गेलले आगामी संघीय निर्वाचनमा आफु काठमाडौं क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । ढुङ्गेल बिगत ३० वर्षदेखी निरन्तर पत्रकारितामा लागेर काम गदै आएका व्यक्ति हुन् ।

उनले आफ्नो फेसबुक पेज मार्फत आफु स्वतन्त्र उम्मेदवारीको रुपमा चुनाव उठ्ने घोषणा गरेका छन् । ढुङ्गेलले भनेका छन्, “म सत्याग्रह साप्ताहिक र काठमाडौ न्युजडटकमको अध्यक्ष तथा प्रधान सम्पादक सीताराम ढुङ्गेल हुँ । आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट संघीय संसदमा स्वतन्त्र उम्मेदवारीको घोषणा गर्दछु ।”

वर्तमान संसद प्रकाशमान सिंहलाई २०६४ सालको संविधान सभा, २०७० को दोश्रो संविधान सभाको अनि २०७४ सालाको निर्वाचनमा मेरो साथा सहयोग अविरल रहेको थियो । एउटै ब्याक्ती ३-३ पटक चुनिएपनि तात्विक रुपमा काठमाडौं क्षेत्र नम्बर १ मा फरक र पुर्ण विकसित तथा ब्यवस्थित रुपले देख्न नपाएपछि उनि आफै चुनाव उठ्न लागेको बताएका छन् । “देश विकास र समृद्धिको लागि म स्वतन्त्र उम्मेदवारीको रुपममा चुनाव उठ्न लागेको हु” उनले भनका छन् ।

अझ प्रकाशमान सिंह नेपाली कांग्रेसबाट महामन्त्री र पटक-पटक मन्त्री र उपप्रधानमन्त्री समेत भैइसकेका ब्यक्ति हुन् । १५ बर्षसम्म काठमाडौं क्षेत्र नम्बर १ को सांसद भएर नेपाल कै नमुना निर्वाचन क्षेत्रमा कुनै पनि परिवर्तन गर्न नसकेको भन्दै उनले यो सारै विडम्बनाको कुरा हो भनेका छन् । उनले भनेका छन् “एउटै ब्यक्तिले एउटै निर्वाचन क्षेत्रमा ह्याट्कि गरिसकेको अवस्थालाई परिवर्तन गर्न म काठमाडौ क्षेत्र नम्बर १ को संघीय सांसद पदमा उम्मेदवारका रुपमा उभिने निर्णय गरेको छु ।”

साथै काठमाडौं जिल्लाबाट लिएको बिगत ३१ बर्षदेखिको नेपाली कांग्रेसको सक्रिय सदस्यताबाट पनि राजीनामा दिएको उनले घोषणा गरेका छन् । सबैको साथ र सहयोगको अपेक्षा राखेको छु । “आसा छ आउदो मंसिर ४ गते हुन गएको प्रदेशसभा र प्रतिनिधिसाभाको निर्वाचनमा मलाइ बुहमतका साथ विजय गराउनु हुने छ, ” उनले भनेका छन् ।

प्रकाशित : २७ भाद्र २०७९, सोमबार १२:५८