असोज १ गते नर्भिकले वृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

असोज १ गते नर्भिकले वृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने



काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अस्पतालले आगामी असोज १ गते शनिवारका दिन काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा वृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।

बिहान ९ः३० बजेदखि १ः३० बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियन सम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइनेछ ।


अस्पतालका अनुसार शिविरमा इसीजी, सुगर, भाइटल्स लगायतका निःशुल्क परामर्श सेवा समेत उपलब्ध हुनेछ ।अस्पतालले वृहत निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन चाहनेका लागि अग्रिम नाम दर्ताको व्यवस्था समेत गरेको छ ।

प्रकाशित : २९ भाद्र २०७९, बुधबार ११:४७