विद्युतिय साधनको प्रबद्धर्न नै ‘नाडा इभी एक्स्पो २०२२’को उद्देश्य होः अध्यक्ष ध्रुव थापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

विद्युतिय साधनको प्रबद्धर्न नै ‘नाडा इभी एक्स्पो २०२२’को उद्देश्य होः अध्यक्ष ध्रुव थापा



आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा ‘नाडा इभी एक्स्पो २०२२’ हुन गइरहेको छ । सरकारले सवारी साधनको आयातमा प्रतिवन्ध लगाएर सो क्षेत्रको व्यापार व्यवसायमा चुनौती सिर्जना भइरहेको बेलामा नाडाले इभी एक्स्पो आयोजना गर्न लागेको हो । प्रस्तुत छ नाडा अटोमोवाइल्स एशोसियसन्स अफ नेपालका अध्यक्ष ध्रुव थापासँग अर्थबजार डटकमले गरेको कुराकानीको सम्पादित अंश :

विद्युतीय सवारी (इभी) एक्सपो हुँदै छ । खासमा यो एक्स्पोको उद्देश्य के रहेको छ ?

विद्युतिय साधनको प्रबद्धर्न गर्ने हो । आम मानिसमा विद्युतिय सवारी साधन प्रतिको बुझाई कम छ । त्यसैगरी नेपालमा विद्युतिय साधनको पुर्वाधारहरुको विकास भएको छैन । भन्नेहरुका लागि जानकारी दिनको लागी पनि एक्स्पो आयोजना गरिएको हो । पछिल्लो समयमा इभीको क्षेत्रमा नयाँ प्रविधिहरु नेपालमा आइरहेका छन् । हामीले एक्स्पोमार्फत व्यवसायी र उपभोक्ताहरुलाई जानकारी दिनेछौं । साथै यो एक्स्पोमा युएसआइडीको सहयोगमा हामीले इभीको विषयमा सेमिनार पनि सञ्चालन गर्दैछौं ।

सरकारले पनि विद्युतीय सवारी साधनलाई महत्व दिएको देखिन्छ । पछिल्लो समयमा विद्युतीय सवारी साधनको क्षेत्रमा खरिद पनि बढिरहेको तथ्यांकले देखाएको छ । सोही अनुपातमा चार्जिङ श्टेशन लगायत सो सम्बन्धित भौतिक क्षेत्रमा कत्तिको विकास भएको छ ?

यसमा पहिला भन्दा निकै विकास भएको छ । सरकारी निकाय विद्युत प्राधिकरणले पनि ५२ वटा फास्ट चार्जर स्टेशनहरु स्थापना गर्दै छ । त्यो हिसाबले हेर्ने हो भने पछिल्लो समयको प्रगति राम्रो रहेको छ । एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्धि गर्न एवं सम्बन्धित सम्पूर्ण अटो व्यवसायीहरुको समस्टिगत प्रवर्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्नमा सक्ने हामीले अपेक्षा गरेकाछौं ।

पछिल्लो अवस्थामा हाम्रो देशमा कति कम्पनीका विद्युतीय गाडी बिक्री हुने गर्दछन र त्यसमध्ये कति कम्पनीले सो एक्स्पोमा सहभागिता जनाउने भएका छन् ?

हाल चार पाङ्ग्रे गाडीमा झन्डै १२ वटा कम्पनीहरु सहभागि रहेका छन् । त्यसमा ८ वटा कम्पनीले यस एक्स्पोमा भाग लिएका छन् । त्यसैगरी २५ वटा दुई पाङग्रे सवारी साधान छन् । त्यसमा १७ वटा कम्पनीले भाग लिएका छन् ।

गाडी आयतमा लगाएको प्रतिबन्धले व्यवसायीलाई कति मर्का छ ?

अटो मोबाइल्स् व्यवसायीले इतिहासमा सबैभन्दा ठुलो मर्का भोग्नुपरेको छ । यसमा कतिपय विद्युतिय सवारी साधान नहुनेहरुको व्यवसायनै चौपट भएर शोरुमनै बन्द गर्नुपर्ने अवस्थामा पुगिसकेका छन् । आयतमा लागेको प्रतिबन्धले हजारौ शोरुम डिलरहरु बन्द हुने अवस्थामा पुगेका छन् ।

प्रकाशित : ३० भाद्र २०७९, बिहीबार १५:२८