वर्ल्डलिंक कम्युनिकेशन्स २८औं वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वर्ल्डलिंक कम्युनिकेशन्स २८औं वर्षमा प्रवेश



काठमाडौ। नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले आफ्नो स्थापनाको २७ वर्ष पुरा गरि २८ औं बर्षमा प्रवेश गरेको छ । ईमेल सेवा हुँदै सन् १९९७ बाट डायलअप इन्टरनेट सेवा दिन सुरु गरेको कम्पनीको यात्राले २७ वसन्त पार गरिरहँदा नेपालको इन्टरनेट क्षेत्रमा गौरवपूर्ण इतिहास रच्न सफल भएको छ ।

कम्पनीले देशको ७३ वटै जिल्लामा आफ्नो सेवा विस्तार गरि सफलता पूर्वक सञ्चालन गरिरहेको छ भने यहि वर्ष सेवा विस्तार गरि ७७ वटै जिल्लामा सञ्चालन गर्नेछ । कम्पनीले नेपालमै पहिलोपटक कन्टेन्ट क्यास सेटअपका लागि अकमाईसँग साझेदारी पनि गरेको थियो ।

आजको दिनमा देशभर ७ लाख घरमा इन्टरनेट जडान सहित ३० लाख प्रयोगकर्तालाई सेवा उपलब्ध गराउदै आइरहेको सबैभन्दा ठूलो कम्पनीको रुपमा वल्र्डलिंक स्थापित भएको छ ।

देशको इन्टरनेट सुरुवाती समयदेखि आजका दिनसम्म भएको सबै उतरचढावहरू भोगेको यस कम्पनीले अहिले १४००० हजार स्थानमा निशुल्क सार्वजनिक वाईफाई उपलब्ध गराइरहेको छ भने यो बर्षभित्र ३०००० स्थानमा निशुल्क सार्वजनिक वाईफाई उपलब्ध गराउने कम्पनिको योजना रहेको छ । कम्पनीले इन्टरनेट सेवासँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि क्रमबद्ध रुपमा आयोजना गर्दै आइरहेको छ ।

कम्पनीका निर्देशक मनोज अग्रवालका अनुसार यो वर्षमामात्रै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सफल्ता पूर्वक सम्पन्न भएका छन् । हाल कम्पनीको देशभरका शाखामा कुल ५५ सयले रोजगारी पाइरहेको उनले बताए ।

“नेपालको डिजिटल पूर्वाधार निर्माणमा वर्ल्डलिंकको योगदान उल्लेखनिय छ,” उनले भने, “देशमा सञ्चार सेवालाई विस्तार गर्न कम्पनीले पूर्वाधार निर्माणमा महत्वपूर्ण भुमिका खेलेको छ ।”

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार १७:३६