स्मार्टच्वाईस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भीसबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

स्मार्टच्वाईस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भीसबीच सम्झौता



काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त गेटवे पेमेन्ट सर्भीसले सञ्चालन थालनीको तैयारी गरेको यु.पी.आइ. नेपाल क्यूआर बिच अन्तर आवद्धताको लागि सम्झौता सम्पन्न भएको छ ।

बिगत २० वर्ष देखि नेपाली मन र मुटुमा राज गर्दै स्मार्टच्वाईस टेक्नोलोजिज यु.पी.आइ. कार्ड, स्मार्ट क्यूआर लगायतको भुक्क्तानी सुबिधा दिदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इंडियामा आबद्ध भुक्क्तानी सम्यन्त्र मार्फत नेपाल र इंडिया बीच पनि कारोबार गर्न सकिने सुरु गर्ने अन्तिम तैयारी मा रहेको गेटवे पेमेन्ट सर्भीस बिच भएको एस एतिहासिक सम्झौताले मुलुकको समग्र डिजिटल भुक्क्तानी प्रणालीको बिकास तथा प्रवन्धनमा टेवा पुग्ने आश लिएको छ ।

नेपाल राष्ट्र बैंकद्घारा गत बर्ष माघ २१ गते जारी गरेको परिपत्र ०४/०७८/७९ मार्फत सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाइ अन्तरआवद्धताको लागि दिएको निर्देशन अनुरुप यो सम्झौता सम्पन्न भएको हो ।

यस सम्झौता पश्यात यु.पी.आइ. नेपाल क्यूआरको सुबिधा लिने बिभिन्न ब्यापार—ब्यवशायलाई स्मार्ट क्यूआर को नेटवर्क अन्तरगत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्क्तानी गर्न सक्छन भने स्मार्ट क्यूआर मार्फत भुक्तानी लिदै आएका ब्यापार—ब्यवशायले यु.पी.आइ. नेपाल क्यूआर नेटवर्कमा आबद्ध ग्राहकहरु मार्फत पनी भुक्तानी लिन मिल्ने भएको छ ।

गत भाद्र २ गते स्मार्टच्वाईस टेक्नोलोजिजको प्राँगणमा आयोजित कार्यक्रममा स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु तथा गेटवे पेमेन्ट सभीको तर्फबाट महाप्रबन्धक प्रवीण रेग्मी बिच सम्झौतामा हस्ताक्षर तथा आदान प्रदान सम्पन्न भएको थियो ।

प्रकाशित : २ आश्विन २०७९, आईतवार १८:११