डिजिटल भुक्तानीको कारोबार बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डिजिटल भुक्तानीको कारोबार बढ्यो



काठमाडाैं । नेपालमा पछिल्लो समय डिजिटल भुक्तानी प्रणाली मार्फत हुने कारोबारमा वृद्धि हुँदै गएको छ । तरकारी बजार देखी सार्वजनिक स्थलमा क्युआर कोडको ब्यबस्था हुन थालेसँगै डिजिटल कारोबारमा वृद्धि हुन थालेको हो।

नेपालमा पछिल्लो एक महिनामा वालेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत असार महिनाको तुलनामा साउनमा वालेट प्रयोगकर्ता ४ लाख १८ हजार ६२९ जना बढेको देखिएको छ।

यो संख्या गत असारमा एक करोड ३६ लाख ७५ हजार ९९३ जना रहेका थिए भने साउनसम्ममा आइपुग्दा बढेर एक करोड ४० लाख ९४ हजार ६२२जना पुगेका छन्। वालेट प्रयोगकर्ता सँगै मोवाईल बैकिङ प्रयोगकर्ताको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ।

गत असार महिनामा मोवाइल बैकिङ प्रयोगकर्ताको संख्या एक करोड ८३ लाख ७ हजार २५५ जना रहेका थिए। यही प्रयोगकर्ता एक महिना (साउन)मा बढेर एक करोड ८६ लाख ४३ हजार ८३४ जना पुगेका छन्। जुन एक महिनाको तुलनामा ३ लाख ३६ हजार ५७९ जनाले बढेको देखिन्छ।

त्यस्तै डेबिट कार्ड प्रयोगकर्ताको संख्या पनि बढेको छ एक महिनाको अवधिमा नै दुई लाख २४ हजार ५९३ जनाले बढेको हो ।गत असार महिनामा डेबिट कार्ड प्रयोगकर्ता एक करोड ८ लाख ५६ हजार ३५६ जना रहेकोमा उक्त संख्या बढेर साउन महिनासम्म एक करोड १० लाख ८० हजार ९५० पुगेको हो।

यसका साथै इन्टरनेट बैंकिङ्क प्रयोगकर्ता पनि एक महिनामा २२ हजार ५५९ जनाले बढेका छन्। कनेक्ट आईपीएसको प्रयोगकर्ता पनि २१ हजार २०२ ले बढेको तथ्यांकले देखाएको छ। गत असार देखि साउन सम्म एक महिनाको अवधि को तथ्यांक हेर्दा पेमेन्ट सर्भिस अपरेटर (पीएसओ), पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी), ब्रान्चलेस बैंकिङ सेन्टर,आरटीजीएस पार्टिसिपेन्स् र इसीसी मेम्बरको संख्या भने स्थिर रहेको छ ।

प्रकाशित : ३ आश्विन २०७९, सोमबार ११:४८