यसरी मनाउदै छ नेपाल पुनर्बीमा कम्पनीले नवौं वार्षिकोत्सव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

यसरी मनाउदै छ नेपाल पुनर्बीमा कम्पनीले नवौं वार्षिकोत्सव



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नवौं वार्षिकोत्सवको उपलक्ष्यमा पुनर्बीमा स्मारिका, २०७९ (पहिलो अंक) प्रकाशन गर्ने भएको छ । कम्पनीले उक्त अंकमा लेख रचना समावेश गर्न इच्छुक लेखकहरूले आगामी असोज २५ गतेभित्र लेख/रचनाहरु कम्पनीको इमेल ठेगाना f [email protected] मा पठाउन सक्ने जनाएको छ ।

कम्पनीले लेखर रचनाको माध्यम नेपाली भए प्रिति फन्ट र अंग्रेजी भए टाइमस न्यू रोमनमा टाइप गरेको हुनुपर्ने जनाएको छ । त्यसैगरी, लेखर रचना न्यूनतम १५ सय शब्द र अधिकतम ३ हजार शब्दमा लेखिएको हुनुपर्ने छ ।

साथै, कम्पनीले यसअघि अन्त प्रकाशित भइसकेको वा प्रकाशनका लागि पेश गरिएको लेख/रचना स्वतः अस्वीकृत हुने र आफ्नो लेख/रचनाको शुद्धाशुिद्ध परीक्षण गरी पठाउनु उल्लेख गरेको छ ।

स्तरीय, विश्लेषणात्मक, अनुसन्धनात्मक र समसामयिक लेख/रचनालाई प्राथमिकतामा राखिने छ । साथै,प्राप्त लेख/रचनालाई परिमार्जन गर्ने, प्रकाशन गर्ने/नगर्ने सर्वाधिकार सम्पादन मण्डलमा रहने र छनौट भएका लेख रचनाको लागि उचित पारिश्रमिकको समेत व्यवस्था गरिएको समितिले जनाएको छ ।

लेखररचनाको विषयहरू बीमा, जीबन बीमा, निर्जीबन बीमा, पुनर्बीमा, लघुबीमा, बीमाको अण्डरराईटिङ्ग, दाबी, बजारीकरण, कानून परिपालना बीमा बजार, पुँजी बजार, मुद्रा बजार, बीमाको लेखा प्रणाली, लेखापरीक्षण, बीमांकीय मूल्याङ्कन स्वास्थ्य बीमा कार्यक्रम बीमा मध्यस्थकर्ता बीमाको आर्थिक तथा वित्तिय क्षेत्रसँगको सम्बन्ध उल्लेख हुनुपर्ने छ ।

त्यस्तै, बीमासँग सम्बन्धित संस्थाहरू र तिनको भूमिका राष्ट्रिय अर्थतन्त्रमा बीमाको भूमिका एवं योगदान, बीमकको संस्थागत सुशासन तथा सामाजिक उत्तरदायित्व सम्पत्ति शुद्धिकरण र बीमा क्षेत्रमा यसको प्रभाव, बीमा तथा पुनर्बीमाको राष्ट्रिय एवं अन्तराष्ट्रिय अभ्यास निक्षेप तथा कर्जा सुरक्षण पनि उल्लेख हुनुपर्ने जनाएको छ ।

बीमा क्षेत्रको वर्तमान अवस्था, चुनौति एवं सम्भावनाहरु जोखिम व्यवस्थापन र बीमा व्यवस्थापन, बीमामा सूचना प्रविधिको प्रयोग सार्वजनिक प्रशासन, व्यवस्थापन र विकास,मानव संशाधन तथा सेवाग्राही सम्बन्ध व्यवस्थापन पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारी लगाएतका विषयहरु हुनुपर्ने छ ।

प्रकाशित : ३ आश्विन २०७९, सोमबार १३:०६