अरुण काबेली हाइड्रोपावरले बोनस शेयर दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अरुण काबेली हाइड्रोपावरले बोनस शेयर दिने घोषणा



काठमाडौं । अरुण काबेली हाइड्रोपावर कम्पनीले १० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कर बाहेक १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

बोनसमा लाग्ने कर भने शेयरधनी आफैले तिर्नुपर्ने भएको छ । प्रस्तावित बोनस शेयर आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । अरुणले हाल कायम १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस प्रस्ताव गरेको हो ।

प्रकाशित : ४ आश्विन २०७९, मंगलवार ११:०७