शुभप्रवा साकोसले शेयर पुँजी १० करोड पुर्‍याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शुभप्रवा साकोसले शेयर पुँजी १० करोड पुर्‍याउने



काठमाडौं । चुच्चेपाटी चावहिलमा मुख्य कार्यालय रहेको शुभप्रवा बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्ष (आ.व.)मा चुक्ता शेयर पुँजी १० करोड रुपैयाँ पुर्याउने भएको छ ।

संस्थाको असोज ३ गते सम्पन्न भएको १३ औं वार्षिक साधारण सभाले आगामी असार मसान्त सम्ममा संस्थाको चुक्ता शेयर पुजी १ करोड १३ लाख रुपैयाँले वृद्धि गर्ने लक्ष तय गरेको हो ।

संस्थाका अध्यक्ष विदुर बस्नेतको सभापतित्वमा आयोजित समारोहमा संस्थाका प्रमुख कार्यकारी निर्देशक फडिन्द्र कुमार खड्काले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन तथा चालु आ.व.को भावी कार्यक्रम प्रस्तुत गरे ।

गत आ.व.मा संस्थाको शेयर पुँजी १९ दशमलव २५ प्रतिशतले वृद्धि भएर ८ करोड ८७ रुपैयाँ, निक्षेप संकलन १४ दशमलव ६३ प्रतिशतले वृद्धि भएर ६८ करोड ५१ लाख १७ हजार रुपैयाँ र कर्जा लगानी २५ दशमलव ७० प्रतिशतले वृद्धि भएर ७० करोड ३० लाख ६९ हजार रुपैयाँ कायम भएको जानकारी गरे ।

गत आ.व.को कारोबारबाट संस्थाले करको व्यवस्था गर्नुअघि ७२ लाख २७ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको बताए। गत असार मसान्त सम्ममा संस्थाको कुल सम्पत्ति तथा दायित्व ८६ करोड २७ लाख १० हजार रुपैयाँ रहेको र गत आ.व.मा सरकारलाई ६ लाख ९७ हजार रुपैयाँ आयकर भुक्तानी गरेको जानकारी गरे।

संस्थाको भावी योजना प्रस्तुत गर्दै प्रमुख कार्यकारी निर्देशक खड्काले चालु आ.व.मा कुल निक्षेप ९० करोड रुपैयाँ र कुल कर्जा लगानी ८५ करोड रुपैयाँ पु¥याएर १ करोड ४४ लाख ५० हजार रुपैयाँ संचालन मुनामा आर्जन गर्ने लक्ष्य रहेको बताए।

सदस्यलाई प्रविधिमैत्री सेवा दिनका लागि संस्थाले शुभप्रवा स्मार्ट एपमार्फत मोबाईल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । मोबाईल एप प्रयोग गरेर सदस्यले आफ्नो मोबाईलमा मिनी स्टेटमेन्ट हेर्ने, खातामा भएको रकम मौज्दात बुझ्ने, अन्य बैंक खातामा रकम स्थानान्तरण गर्ने, युटिलिटी बिल भुक्तानी गर्ने, क्यूआर कोडमार्फत भुक्तानी गर्ने लगायतका सेवा लिन सक्छन् ।

यसैगरी संस्थाले एटीएम सेवा संचालन गरेर सदस्यलाई नेपालका जुनसुकै स्थान र छिमेकी देश भारतबाट समेत रकम निकाल्न सक्ने सुविधा उपलब्ध गराएको छ ।

सहकारीको सामाजिक उत्तर दायित्व अन्तरगत संस्थाले विभिन्न सामाजिक संघ÷संस्थालाई आर्थिक सहयोग गर्नुका साथै निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण, सरसफाई, वृक्षारोपण लगायतका कार्य गर्दैआईरहेको छ ।

साधारण सभाको अवसर पारेर संस्थाले हरेक वर्ष राज्यको विभिन्न क्षेत्रमा अनुकरणीय काम गर्ने व्यक्तिहरुलाई सम्मान समेत गर्नेगरेको छ ।

नोटः यस अघि प्रकाशित समाचारको हेडलाइनमा संस्थाले १ करोड सेयर पुँजी पुर्याउने हुनु पर्नेमा भुलबस अन्यथा पर्न गएकोले सच्याएको छ । सम्पादक

प्रकाशित : ४ आश्विन २०७९, मंगलवार १४:३१