नयाँ ब्रोकर र स्टक थप्ने विषयमा अर्थ मन्त्रालयलाई ७ दिन भित्र विस्तृत विवरण पठाउन अर्थ समितिको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नयाँ ब्रोकर र स्टक थप्ने विषयमा अर्थ मन्त्रालयलाई ७ दिन भित्र विस्तृत विवरण पठाउन अर्थ समितिको निर्देशन



काठमाडौं । अर्थ समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको नाममा पत्र काटेको छ । अर्थ समितिले नयाँ ब्रोकर र नयाँ स्टक थप्ने विषयमा अर्थ मन्त्रालयलाई ७ दिन भित्र विस्तृत विवरण पठाउन निर्देशन दिएको हो ।

पत्रमा नेपालमा नयाँ स्टक एक्सचेन्ज ल्याउने विषय सार्वजनिक संस्थान संचालन कसरी गर्ने भन्ने दिर्घकालीन विषयसँग सम्बन्धित रहेको र धितोपत्र दलाल व्यवसायीलाई अनुमति दिनु अगाडी मुद्रा बजार र पुँजी बजार सम्बन्धि समितिको प्रतिवेदन २०७७ अनुसार आवश्यक तयारी पूरा गर्न समितिले निर्देशन दिएका विषय कार्यान्वयन भए÷नभएको सम्बन्धमा समितिमा गम्भिर रुपमा छलफल गर्नु पर्ने देखिएको जनाएको छ ।

साथै, तत्काल समितिको बैठक बस्न सक्ने अवस्था नभएकाले यस सम्बन्धमा विस्तृत विवरण सम्बन्धित निकायसँग माग गरी अभिलेख राख्ने साथै समितिको बैठक बस्नसाथ तत्काल छलफल गर्ने व्यवस्था मिलाउने भनी तोक आदेश भएकाले यस सम्बन्धमा भएका कामकारवाही सम्बन्धि विस्तृत विवरण ७ दिन भित्र समितिमा आइपुग्ने गरी उपलब्ध गराई समितिको काम कारवाहीमा सहयोग पुर्याउनु हुन निर्देशानुसार अनुरोध छ ।

यस्ताे छ अर्थ समितिको पत्र
उपरोक्त सम्बन्धमा नेपालमा दोस्रो स्टक एक्सचेन्जको अनुमति दिने र धितोपत्र दलाल व्यवसायीलाई नयाँ अनुमति दिने गरी नियमावली संसोधन गरेको विषयलाई लिएर नेप्से कर्मचारी संघ र Stock Broker’s Association of Nepalबाट यस सम्बन्धि कार्य स्थगित गर्न आवश्यक कारवाही अगाडी बढाई पाउँ भनी समितिका माननीय सभापतिज्यू समक्ष निवेदन प्राप्त भएको छ ।

यस सम्बन्धमा मा। सभापतिज्यूबाट नेपालमा नयाँ स्टक एक्सचेन्ज ल्याउने विषय सार्वजनिक संस्थान संचालन कसरी गर्ने भन्ने दिर्घकालीन विषयसँग सम्बन्धित रहेको र धितोपत्र दलाल व्यवसायीलाई अनुमति दिनु अगाडी मुद्रा बजार र पुँजी बजार सम्बन्धि समितिको प्रतिवेदन २०७७ अनुसार आवश्यक तयारी पूरा गर्न समितिले निर्देशन दिएका विषय कार्यन्वयन भए नभएको सम्बन्धमा समितिमा गम्भिर रुपमा छलफल गर्नु पर्ने देखिएको र तत्काल समितिको बैठक बस्न सक्ने अवस्था नभएकाले यस सम्बन्धमा विस्तृत विवरण सम्बन्धित निकायसँग माग गरी अभिलेख राख्ने साथै समितिको बैठक बस्नसाथ तत्काल छलफल गर्ने व्यवस्था मिलाउने भनी तोक आदेश भएकाले यस सम्बन्धमा भएका कामकारवाही सम्बन्धि विस्तृत विवरण ७ दिन भित्र समितिमा आइपुग्ने गरी उपलब्ध गराई समितिको काम कारवाहीमा सहयोग पुर्याउनु हुन निर्देशानुसार अनुरोध छ । साथै प्राप्त निवेदनका प्रति समेत यसै साथ संलग्न गरिएको व्यहोरा समेत अनुरोध छ ।

प्रकाशित : ४ आश्विन २०७९, मंगलवार २०:४१