घरजग्गा तथा सम्पती कर बुझाउन महानगरकाे ४१ व्यक्ति तथा कम्पनीलाई पत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

घरजग्गा तथा सम्पती कर बुझाउन महानगरकाे ४१ व्यक्ति तथा कम्पनीलाई पत्र



काठमाडौं । काठमाडौ महानगरपालिकाले घरजग्गा सम्पति कर बुझाउन ४१ व्यक्ति तथा कम्पनीको नाममा पत्र काटेको छ । महानगरले सम्पतिकाे विवरण सहित १० दिन भित्र वडा कार्यलयमा गई घरजग्गा सम्पति कर र त्यसको जरिवाना साथै सम्पती बहालमा लगाएको भए त्यसको १० प्रतिशतले हुने बहाल कर सहित बुझाउन निर्देशन दिएको हो ।

उक्नत कर नतिरे महानगरको राजश्व ऐन २०७५ बमोजिम कारवाही गरी बाकीँ कर रकम सरकारी बाँकी सरह असुल उपर गरिने जनाएको छ ।

प्रकाशित : ५ आश्विन २०७९, बुधबार १६:३८