नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण



काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले सन् २०२३ मा नेपालको अर्थतन्त्र सन् २०२२ को तुलनामा अझ खस्किने प्रक्षेपण गरेको छ। एडिबीले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो।

एडीबीले गत अप्रिलमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने प्रक्षेपण गरेको थियो। अहिले त्यसमा केही संकुचन आउने एडीबीले प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्षमा सरकारले भने ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ।

आर्थिक वृद्धिदरमा संकुचन आउन सक्नेमा सरकारले आयातमा लगाएको प्रतिबन्ध नै मुख्य कारण रहेको प्रतिवेदनमा उल्लेख छ। यसले अर्थतन्त्रमा विस्तारै नकारात्मक प्रभाव पुग्ने एडीबीको विश्लेषण छ।

कोभिड महामारीको असरका बाबजुत पछिल्लो समय डेंगु, प्राकृतिक प्रकोप र भूराजनीतिक उथलपुथलबाट समेत नेपालको आर्थिक वृद्धिमा असर पुग्न सक्ने एडीबीको अनुमान छ। ‘सामान्य मनसुनका कारण कृषिको वृद्धिदर राम्रो हुने सम्भावना छ’, प्रतिवेदनमा उल्लेख छ, ‘यसमा मलको अभावले धान उत्पादनमा ह्रास आउन सक्छ।’

प्रतिवदेनले सेवा क्षेत्रमा पनि गिरावट आउने बताएको छ। कर्जा नियन्त्रण तथा ब्याजदरमा भएको उच्च वृद्धिले रियल स्टेट, थोक तथा खुद्रा ब्यापार गतिविधिमा पनि सुस्तता देखिने उल्लेख छ।

प्रकाशित : ५ आश्विन २०७९, बुधबार १७:२४