प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५ सयले बढेर ९१ हजार ८०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९१ हजार ३००रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९० हजार ८०० रुपैयाँ थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार चाँदीको मूल्य भने बढेर तोलाको १ हजार १८५ रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

प्रकाशित : ६ आश्विन २०७९, बिहीबार ११:३५