बैंकले जथाभावी ब्याजदर बढाए, व्यवसायीलाई पेलेर नाफा मात्रै कमाउन लागेः शेखर गोल्छा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

बैंकले जथाभावी ब्याजदर बढाए, व्यवसायीलाई पेलेर नाफा मात्रै कमाउन लागेः शेखर गोल्छा



काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष शेखर गोल्छाले बैंकले जथाभावी ब्याजदर बढाएको आरोप लदगाएका छन् । उनले बैंकहरुले बढाएको ब्याजमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्नु पर्ने बताएका छन् ।

नाडा इभी सो २०२२ को कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले वर्तमान समस्यालाई बैंकहरूले अवसरका रूपमा लिएकाले तत्कालै हस्तक्षेप गरेर नियन्त्रण गर्न आवश्यक रहेको बताएका हुन । उनले संकटकाे बेला व्यवसायी मात्रै पेलेर बैंकहरु नाफा कमाउन लागेको आरोप लगाए ।

प्रकाशित : ६ आश्विन २०७९, बिहीबार १४:०८