गत वर्ष किनेको औषघि अझै आएन,गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य जोखिममा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गत वर्ष किनेको औषघि अझै आएन,गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य जोखिममा



काठमाडौं । खरिद गरिएका ६ करोड आइरन चक्की गुणस्तर जाँच नभएको भन्दै भारतमा थन्किएपछि देशभर दुई महिनादेखि यसको अभाव भएको छ । यसबाट गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य जोखिममा परेको छ । सरकारले ‘स्टेलिअन ल्याब्रोटेरी’ नामक भारतीय कम्पनीसंग आइरन चक्की किन्न अघिल्लो बर्ष वर्ष सम्झौता गरेको थियो गुणस्तर परीक्षण गरी नेपालमा छिटो आइरन चक्की पठाई निद सरकारले सो कम्पनीसंग ताकेता गरिरहेको छ । आईरन चक्की खरिदको मुख्य जिम्मेवारी पाएको स्वास्थ् सेवा विभाग, आपूर्ति व्यवस्थ महाशाखाका प्रमुख डा. टिंकरीले देशव्यापी रुपमा यसको अभाव भएको स्वीकार गरे ।

अघिल्लो वर्ष खरिद गरेको ६ करोड आईर चक्की आउन बांकी भएकाले ओभर स्टक होला भनेर हामीले यस वर्ष नयां खरिद प्रक्रिया अगाडि बढाएनै, डा. टिंकरीले मंगलबार अन्नुपूर्णसंग भने, खरिद गरिएको आइरन चक्कीको गुणस्तर जांच हुन बांकी छ । रिपोर्ट आउनेबित्तिकै आपूर्ति सुरु हुन्छ । आजको अन्नपूर्ण दैनिकमा खबर छ ।

प्रकाशित : २ असार २०७२, बुधबार ०३:००