खुल्यो नेपाल एसबिआई बैंकको एफपिओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

खुल्यो नेपाल एसबिआई बैंकको एफपिओ



काठमाडौं, १०  पुस । नेपाल एसबिआई बैंकको फर्दर पब्लिक अफरिङ (एफपिओ) अाईतबारबाट निष्काशन हुँदैछ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ८७१ रुपैयाँ प्रिमियम थप गरी ९७१ रुपैयाँ प्रति कित्तामा एफपिओ जारी गरेको हो ।

बैंकको एफपिओमा लगानीकर्ताले आज अर्थात पुस १० गतेदेखि छिटोमा पुस १३ र ढिलोमा पुस २४ सम्म आवेदन दिनसक्ने बैंकले जानकारी दिएको छ । शेयरमा न्यूनतम १० कित्ता र बढीमा ६७० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

सुरुमा प्रतिकित्ता ९८४ रुपैयाँमा एफपीओ निष्काशनको प्रस्ताव गरेको बैंकले बोर्डले एफपीओको मूल्यमा परिमार्जन गर्न निर्देशनपछि प्रतिकित्ता ९ सय ७१ रुपैंयामा एफपीओ निष्काशन गर्ने निर्णय गरेको थियो ।

 

कहाँ-कहाँबाट दिने आवेदन ?
१.नेपाल एसबीआई बैंक, केशरमहल काठमाण्डौ तथा शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति र नम्बर : मनोजकुमार श्रेष्ठ,४४३५६१३

२.एसबीआई बैंकका उपत्यकाभित्र र बाहिरका सबै शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति र नम्बर: मनोजकुमार श्रेष्ठ,४४३५६१३

३.एनएमबी क्यापिटल लिमीटेड, नागपोखरी, काठमाण्डौ । सम्पर्क व्यक्ति र फोन : प्रल्हाद श्रेष्ठ, ४४३७९६३

४.नेपाल एसबीआई मर्चेन्ट बैकिङ लिमीटेड, हात्तीसार, काठमाण्डौ । सम्पर्क व्यक्ति र फोन : पुुष्प शर्मा, ४४३५६१३,४४१२७४३

प्रकाशित : १० पुष २०७३, आईतवार ०३:३१