समृद्धि फाइनान्सको आठौं शाखा जनकपुरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

समृद्धि फाइनान्सको आठौं शाखा जनकपुरमा



काठमाडौं । समृद्धि फाइनान्सको आठौं शाखा कार्यालय जनकपुरमा सञ्चालनमा आएको छ ।  

मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले बुधवार एक कार्यक्रमकाबीच शाखा कार्यालयको उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, उप मेयर किशोरी साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ, नेपाल राष्ट्र बैंकका संचालक नीरा ताल्चाभडेल सहितको उपस्थिति रहेको थियो ।

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तीय कारोबार सम्बन्धी जानकारी गराएका थिए । 

समृद्धि फाइनान्सले मुद्दति निक्षेपको योजना अन्तरगत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ ।

यसका साथ साथै फाइनान्सले ८ वर्ष ८ महिनामा पैसा तेब्बर, १२ वर्ष ८ महिनामा पैसा पाँच गुणा र १६ वर्ष ५ महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।

प्रकाशित : ७ आश्विन २०७९, शुक्रबार ०८:११