नवकान्तिपुर साकोसले १८ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नवकान्तिपुर साकोसले १८ प्रतिशत लाभांश दिने



काठमाडाै । बत्तिसपुतलीमा प्रधान कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई १८ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले २०७८/०७९ को मुनाफाबाट सदस्यलाई १८ प्रतिशत लाभांश (करसहित) दिने भएको हो ।

उक्त लाभांश दिने सञ्चालक समितिको प्रस्ताव संस्थाको शुक्रबार सम्पन्न २५ औं वार्षिक साधारण सभाले पारित गरेको छ । संस्थाले गत वर्ष सदस्यलाई १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको सेयर पुँजी ७ करोड ९७ लाख ९६ हजार १ सय रुपैयाँ रहेको छ । त्यस्तै संस्थाको जगेडा कोष र अन्य कोषहरुमा २१ करोड ७५ लाख १३ हजार ९ सय ४८ रुपैयाँ रहेको छ ।

संस्थाले १ करोड ४४ लाख ९७ हजार ५ सय ३५ रुपैयाँ सेयर लाभांश कोषमा र ६४ लाख ८५ हजार ७ सय ५० रुपैयाँ संरक्षित पूँजी कोषमा रकम व्यवस्था गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा संस्थामा २ अर्ब ८१ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाले ४ करोड ५७ लाख ५२ हजार रुपैयाँ खुदनाफा आर्जन गर्न सफल भएको छ ।

संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाको सभापतित्वमा सम्पन्न संस्थाको साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन, चालु आ.व.को नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रकाशित : ८ आश्विन २०७९, शनिबार ०८:३९