सेन्ट्रल फाइनान्सका लगानीकर्ताले २३.६८ प्रतिशत लाभांश पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेन्ट्रल फाइनान्सका लगानीकर्ताले २३.६८ प्रतिशत लाभांश पाउने



काठमाडौ १० पुस । सेन्ट्रल फाइनान्स लिमीटेडको पुस ७ गते सम्पन्न वार्षिक साधारणसभाले सेयरधनीलाई २३.६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०७२ ७३ को खूद नाफाबाट यो कम्पनीले आफ्ना सेयरधनीलाई २२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव परेको थियो । बोनस सेयर जारीपछि यो संस्थाको चुक्तापूँजी ३० करोड २२ लाख ७८ हजार पुुग्ने बताइएको छ ।

यसैबीच, सेन्ट्रल फाइनान्सको सो साधारणसभाले भक्तपुर फाइनान्ससँगको मर्ज हुने प्रस्तावलाई समेत पारित गरेको छ । मर्जपछि कम्पनीको नाम सेन्ट्रल फाइनान्स लिमीटेड रहने र चुक्तापूँजी ५२ करोड ७ लाख पुुग्ने बताइएको छ ।

ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको सेन्ट्रल फाइनान्सको काठमाण्डौको चावहिल, चितवनको नारायणगढ र रुपन्देहीको बुटवलमा शाखा रहेको छ ।

प्रकाशित : १० पुष २०७३, आईतवार ०९:०७