टिएमएसमा आइएमई पे बाट लोड कोलेटरल स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५ प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

टिएमएसमा आइएमई पे बाट लोड कोलेटरल स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५ प्रतिशत छुट



काठमाडौँ । आइएमई पे र सोर्स कोड प्रा.लीवीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५ प्रतिशत छुट दिने सम्झौता भएको छ । आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पे बाट टि एम एसमा लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गर्दा आइएमई पेका ग्राहकहरुले स्मार्ट वेल्थ प्रोको विभिन्न सब्स्क्रिप्सन प्याकेजमा ३५ प्रतिशत छुट पाउने बताएका हुन् ।

डिस्काउन्ट कोड ग्राहकले आफ्नो ब्रोकर टिएमएसमा आइएमई पे छनोट गरी लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गरेको भोलिपल्ट आफ्नो मोबाइलमा मेसेज मार्फत पाउने छन् । उनले आइएमई पेका ग्राहकहरुलाई यस छुटको भरपुर सदुपयोग गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित : ८ आश्विन २०७९, शनिबार १७:१४