सहारा एपको सहारा चाडपर्व अफर, स्कुटरको साथै नगद पनि जित्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

सहारा एपको सहारा चाडपर्व अफर, स्कुटरको साथै नगद पनि जित्न सकिने



काठमाडौ । लोकप्रिय राइड सेयरिङ एप सहारा एपले ‘सहारा चाडपर्व अफर’ ल्याएको छ । ग्राहक, बाइक र क्याब राइडर लक्षित गरेर कम्पनीले ल्याएको अफरमा इलेक्ट्री स्कुटर, फ्रिज, स्मार्ट फोन, फाइक्रोओभन, हिटर, वारिङ मेसिनसम्म रहेका छन् । त्यसका साथै नगद उपहार पनि जित्न सकिने छ ।

जति धेरै सहाराको राइड लिन सक्यो त्यति नै जित्त मौका बढि रहने कम्पनिले जनाएको छ । सबै उपहारहरु छठ पर्व पछि प्रदान गरिने जनाएको छ ।

कम्पनीका अनुसार पहिलो, दोस्रो र तेस्रो गरेर उपहार प्रदान गरिनेछ । यसका साथै अन्य आकर्षक गिफ्टहरु पनि रहेको छ । यस अफर योजना अवधि छठ सम्म रहेको कम्पनीले जनाएको छ ।

साथै अहिले कम्पनिले निशुल्क राइडर दर्ता अफर पनि सञ्चालनमा ल्याएको छ । यसबाट नयाँ राइडरले फाइदा लिन सक्ने छन् । नेपालमा सन् २०१९ देखि राइड सेयरिङ सेवा सुरु गरेको सहारा एपले निकट भविष्यमा फुड तथा अन्य सेवा पनि प्रदान गर्ने समेत कम्पनीले जनाएको छ । ।

प्रकाशित : ९ आश्विन २०७९, आईतवार १४:३०