कुमारी र एनसीसी बैक मर्जरमा जान प्रारम्भिक सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी र एनसीसी बैक मर्जरमा जान प्रारम्भिक सम्झौता



काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। काठमाण्डौमा आज आयोजित एक कार्यक्रमबीच कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ।

दुवै बैंकबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सम्झौता भएको छ। मर्जरपछि बैंकको नाम कुमारी बैंक लिमिटेड रहने समझदारी बनेको छ।

मर्जरपछि बैंकको सीईओ रमेशराज अर्याल हुनेछन्। उनी हाल एनसीसी बैंकका सीईओ छन्।

प्रकाशित : १० आश्विन २०७९, सोमबार १५:२७