ओरेन्टल को-अपरेटिभ पुनः समस्याग्रस्त घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ओरेन्टल को-अपरेटिभ पुनः समस्याग्रस्त घोषणा



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले ओरेन्टल कोअपरेटिभ लिमिटेडलाई पुनः समस्याग्रस्त घोषणा गरेको छ ।

मन्त्रालयले असोज ७ गते संस्थालाई समस्याग्रस्त घोषणा गरेर समस्याग्रस्त सहकारी व्यवस्थान समितिलाई सम्पत्ति खोजबिन तथा दायित्व फरफारक गर्ने जिम्मेवारी दिएको हो ।

यसअघि मन्त्रालयले २०७४ साल कात्तिक २० गते ओरेन्टल सहकारीलाई पहिलो पटक समस्याग्रस्त घोषणा गरेर समितिलाई व्यवस्थापनको जिम्मेवारी दिएको थियो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २०७४ साल चैत सम्ममा ओरेन्टल सहकारीले ७ हजार ६ सय ४६ जना बचतकर्ता सदस्यको व्याजसहित १६ अर्ब १ करोड रुपैयाँ निक्षेप फिर्ता गर्न बाँकी रहेको हिसाब निकालेको थियो ।

तर सर्वोच्च अदालतले २०७६ फागुन ११ गते सहकारी ऐन, २०४८ अनुसार दर्ता भएको ओरेन्टल सहकारीलाई नयाँ ऐन ल्याएर कारबाही गर्न नमिल्लने फैसला गरेपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ओरेन्टलको फाईल सहकारी विभागलाई जिम्मा लगाएको थियो ।

सहकारी विभागले ओरेन्टल सहकारीले सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ मा भएका विभिन्न व्यवस्था पालना नगरेको उल्लेख गर्दै संस्थालाई पुनः समस्याग्रस्त घोषणा गर्न मन्त्रालयमा सिफारिस गरेको थियो ।

प्रकाशित : ११ आश्विन २०७९, मंगलवार १७:४२