१६ करोड २७ लाख बराबरको आइपीओ आउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१६ करोड २७ लाख बराबरको आइपीओ आउदै



काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले १६ करोड २७ लाख ७५ हजार रकम बराबरकाे शेयर सर्वसाधारणको लागि निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । निष्काशन गर्न लागेको रकम मध्ये ५ करोड ४२ लाख ५८ हजार ३ सय रकम बराबरको शेयर आयोजना प्रभावित क्षेत्र बासिन्दाहरुको लागि र १० करोड ८५ लाख १६ हजार ७ सय रकम बराबरको शेयर सामूहिक लगानी कोष सहित सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।

उक्त कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक एन आई सी एशिया क्यापिटल रहेको छ । संखुवासभा जिल्लामा रहेको माथिल्लो पिलुवा खोलाबाट ४.७२ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको हाल जारी पूँजी ३७ करोड ९८ लाख ८ हजार तीन सय रुपैया रहेको छ ।

सार्वजनिक निष्काशन पश्चात कम्पनीको जारी पूजी तथा चुक्ता पूँजी ५४ करोड २५ लाख ८३ हजार तीन सय कायम हुनेछ । निर्माणधीन माथिल्लो पिलुवा खोला–२ जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

प्रकाशित : १२ आश्विन २०७९, बुधबार १४:४६