नेप्से परिसूचक सामान्य अंकले बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेप्से परिसूचक सामान्य अंकले बृद्धि



काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ६.४१ अंकले बढेर एक हजार ८ सय ३७ दशमलब ४६ विन्दुमा पुगेर बन्द भएको हो ।आज सेन्सेटिभ इण्डेक्स १.४५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३६ अंक बढेको छ।

त्यस्तै, आज शेयर बजार बढेपनि कारोबार रकम भने घटेको छ । आज नेप्सेमा ४८ करोड ५४ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका २२१ कम्पनीमध्ये १०० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७४ वटा कम्पनीको शेयरमूल्य घटेको छ। साथै, ११ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये पनि आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । मन्दाकिनी हाइड्रोपावरको शेयरमुल्य ९.२० प्रतिशतले बढेर प्रतिकित्ता ३७४ रुपैयाँ पुगेको छ ।नेप्सेका अनुसार आज ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको भएको छ । यसको आज ४ करोड ७५ लाख ९७ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १२ आश्विन २०७९, बुधबार १५:४४