खाद्य ब्यबस्था तथा ब्यापार कम्पनीले माग्यो १०६ कर्मचारी, एसईई पासलाई पनि अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

खाद्य ब्यबस्था तथा ब्यापार कम्पनीले माग्यो १०६ कर्मचारी, एसईई पासलाई पनि अवसर



काठमाडाैं । खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडले एक साथ १०६ जना नयाँ कर्मचारी माग गरेको छ । कम्पनीले स्थायी पदपूर्ति गर्ने गरि विभिन्न १० वटा पदमा गरि १०६ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले १० औ तहको विभागीय प्रबन्धकमा २ जना, ९ औ तहको सह विभागीय प्रबन्धकमा ६ जना, ७ औ तहको बरिष्ठ अधिकृत (सामान्य प्रशासन) मा ५ जना, ७ औ तहको बरिष्ठ अधिकृत (कानुन)मा १ जना, छैठौ तहको अधिकृतमा १० जना, पाचौ तहको बरिष्ठ सहायकमा १८ जना, ५ औ तहको प्राविधिकतर्फ ३ जना र चौथो तहको सहायकमा ६१ जना गरि कुल १०६ जना जनशक्ति माग गरेको हो । चौथो तहको सहायकमा आवेदन एसईईमा कम्तिमा २ जिपिए ल्याएकाले आवेदन दिन सक्ने छन्।

कम्पनीले कार्तिक ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर कार्तिक १० गतेसम्म आवेदन दिन सकिने जनाएको छ । थप जानकारीको लागि तथा आवेदन दिनको लागि fmtc.org.np हेर्न कम्पनीले आग्रह गरेको छ ।

प्रकाशित : १४ आश्विन २०७९, शुक्रबार १०:५७