दशैंको बिदा पनि नेपाल लाइफको कल सेन्टर संचालन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दशैंको बिदा पनि नेपाल लाइफको कल सेन्टर संचालन हुने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको बिदाको समयमा पनि कल सेन्टर संचालन गर्ने भएको छ। यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको हो ।

कम्पनीले कल सेन्टर दशैंको बिदाको अवधि (दशैंको टिकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन हुने जनाएको छ।

कल सेन्टरमा कल, ह्वाट्सयाप्, भाइबार,मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नु हुनेछ । यसबाट ग्राहकहरु लाभन्वित हुने कम्पनीले विश्वास लिएको छ।

देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : १४ आश्विन २०७९, शुक्रबार १६:२०