नेपाल र भारतका गभर्नर बिच भेटघाट,सहयोग र आपसी हितका विषयमा छलफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल र भारतका गभर्नर बिच भेटघाट,सहयोग र आपसी हितका विषयमा छलफल



1781548263_1434510690काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र रिजर्ब बैंक अफ इण्डिायाका गभर्नर डा. रघुराम जी राजनबिच बंगलादेशको ढाकामा भेटवार्ता भएको छ । सार्क फाइनान्स ग्रुप मिटिङ, सार्क फाइनान्स गभर्नर्स सिम्पोजियम र एसियन क्लियरिङ युनियनको वोर्ड मिटिङमा भाग लिने क्रममा दुई देशका गभर्नरबिच द्विपक्षीय सहयोग र आपसी हितका विषयमा छलफल भएको हो ।

भेटका क्रममा गभर्नर डा. नेपालले नेपालको भारतसंग आर्थिक, वित्तिय, मौद्रिक, विदेशी विनिमयका क्षेत्रमा अत्यन्त नजिकको सम्बन्ध रहिआएको उल्लेख गर्दै पुंजी खाता परिवत्र्यताका सम्बन्धमा भारतले लिने कदम, व्यापारमा हुने भूक्तानी र भन्सार विन्दुमा समय–समयमा हुने असहजतालाई समाधान गर्न एवम् अन्य विविध कार्यहरुमा समन्वय र सहयोग आदानप्रदान गर्न प्राविधिकस्तरमा एक कार्यदल बनाउन उपयुक्त हुने धारणा राखेका थिए गभर्नर डा. नेपालले राखेका प्रस्तावलाई भारतीय गभर्नर डा. राजनले सकारात्मक रुपमा लिंदै दुवै बैंकहरुबिच पत्राचारका माध्यमबाट यसको स्वरुप र कार्य क्षेत्रवारे अन्तिम रुप दिन उपयुक्त हुने बताएका नेपाल राष्ट्र बैंकले जानकारी दिएको आजको राजधानीले खबर प्रकाशित गरेको छ ।

प्रकाशित : २ असार २०७२, बुधबार ०३:१७