जाली नोटको जालोमा प्रहरीका एआईजी बज्राचर्या,आधिकारिक धारणा सार्वजनिक नगर्नुले प्रहरीमाथिको विश्वसनियतामा प्रश्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जाली नोटको जालोमा प्रहरीका एआईजी बज्राचर्या,आधिकारिक धारणा सार्वजनिक नगर्नुले प्रहरीमाथिको विश्वसनियतामा प्रश्न



1710828142_1434510339काठमाडौं । नेपालको एक अब्बल सुरक्षा निकायको परिचय बनाएको पवित्र संगठन नेपाल प्रहरी केही भ्रष्ट र आपारधिक मनोवृत्तिका केही बदनाम अधिकारीहरुका कारण सिंगो संगठन नै दिनदिनै बदनाम हुंदै गइरहेको आभाष सर्वसाधारणले गर्नथालेका छन् । विगत केही दिनदेखि भारतीय जालीनेट कारोबारमा नेपाल प्रहरीका एक एआईजीको संलग्नता पर्दाफास हुंदा समेत नेपाल प्रहरीले आप्mनो आधिकारिक धारणा सार्वजनिक नगर्नुले प्रहरीमाथिको विश्वसनियतामा समेत प्रश्नचिह्न खडा भएको छ ।

श्रोतका अनुसार भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको चर्का भाषण दिंदै आदर्शका कुरा गर्दै हिड्ने प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले  समेत जालीनोटको कारोबारका आरोपी एवम् विवादास्पद प्रहरी अधिकारीहरुलाई काखी च्यापी उन्मुक्ति दिलाउन लागिपरेको घटनाक्रमले देखाएको छ । अर्याल तिनै हुन्, जो महानगरिय ट्राफिक प्रहरी महाशाखाको प्रमुख हुंदा ललितपुरको सानेपामा एउटा भारतीय गाडीसंग ४० रुपैयां घुस लिएको आरोपमा प्रहरी हवल्दार गणेशकुमार श्रेष्ठसहित पाँचजना ट्राफिक प्रहरीलाई निलम्बन गरेका थिए ।

अहिले तिनै अर्याल नेपाल प्रहरीको प्रमुख हुँदा जालीनोटको कारोबारजस्तो गम्भीर आरोप लागेका एआर्ईजी बज्राचार्यलाई काखी च्यापेर के गर्न खोजेका हुन्, उनकै निकटस्थहरुले पनि बुभ्mनसकेका छैनन् । प्रहरी प्रधान कार्यालयका एक एआईजी भन्छन्, बज्राचर्याको ठाउंमा यदि म हुन्थेंभने हिन्तुस्तान टाइम्समा सो समाचार प्रकाशित भएको दिनमै निलम्बन गरेर पाखा लगाउंथे तर बज्राचार्य गृहमन्त्रीको निकट भएकाले उनीमाथि छानविन गरेर सत्यतथ्य बाहिर ल्याउन आईजिपीले नचाहेको हुनसक्छ । आजको आर्थिक अभियानमा खबर छ ।

प्रकाशित : २ असार २०७२, बुधबार ०३:२१