सुधीर बस्नेत प्रहरीको फन्दामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुधीर बस्नेत प्रहरीको फन्दामा



काठमाडौं,१३  पुस  । हाउजिङ व्यवसायका खलनायक सुधीर बस्नेत प्रहरीको फन्दामा परेका छन् । हाउजिङका लागि भन्दै सर्वसाधारणबाट करोडौं रकम लिएर फरार रहेका बस्नेतलाई मंगलबार राति ११ बजे अदालतको फैसला कार्यान्वयन इकाई र प्रहरीको टोलीले उनको धापासीस्थित घरबाट पक्राउ गरेको हो।  डेढ अर्व बढी रकम ठगी गरेर उनी भारतमा लुक्दै आएका थिए। सूचनाको आधारमा राति घरमा सुतिरहेकै अवस्थामा बिस्ताराबाट प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो ।महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी सर्वेन्द्र खनालले सूचनाका आधारमा घरमै गएर राति पक्राउ गरिएको  जनाए ।
खनालले बस्नेतलाई महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको जनाएका छन् । उनका अनुसार अब बस्नेतलाई अदालतमा बुझाइन्छ । कोहिनुर हिल हाउजिङ एण्ड कोहिनुर बिल्डर्सका नाममा बस्नेतले विभिन्न बैंकहरुबाटसमेत ७० करोड रुपैयाँ ऋण लिएका थिए।
ऋण लिने र नतिर्ने बस्नेतलाई दुई वर्ष कैदको सजाय सुनाएपछि छिमेकी भारततिर भासिएका थिए ।घरजग्गा व्यवसायी सुधीर बस्नेतले १४ वटा बैंकबाट १ अर्ब ६० करोड सावाँ र विगत १७ महिनादेखिको ब्याज तिर्न बाँकी छ । घरजग्गाको ुस्पेकुलेसनु गर्न बैंकबाट लिएको कर्जा मात्रै होइन, सहकारी, व्यक्ति र व्यवसायीसँग लिएको करिब ७ अर्ब रुपैयाँ ऋण चुक्ता गर्न बस्नेतले सकेका छैनन् ।

प्रकाशित : १३ पुष २०७३, बुधबार ०५:४१