सूर्य ग्रहणका बेला के गर्ने,के नगर्ने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सूर्य ग्रहणका बेला के गर्ने,के नगर्ने ?



काठमाडौं । कात्तिक ८ गते मंगलबार कात्तिक कृष्ण औंसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व सदस्य, प्रा. श्रीकृष्ण अधिकारी अनुसार नेपालमा सूर्यग्रहण साँझ ४ः५३ बाट मात्र देखिनेछ । ग्रहणको समाप्ति भने साँझ ५ः२६ मा हुनेछ ।

उनका अनुसार नेपालबाट करिब ३२ मिनेटमात्र देखिनेग्रहणमा शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ ।

धर्मशास्त्रलाई मान्ने हो भने ग्रहण मेष, मिथुन, कर्कट, कन्या, तुला, वृश्चिक, कुम्भ तथा मीन राशिले हेर्न नहुने र वृष, सिंह, धनु, तथा मकर राशि भएका मानिसहरुले मात्र हेर्न हुने जनाईएको छ ।

त्यस्तै, ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको प्रा. अधिकारीले बताए ।

ग्रहण लागेको बेला गर्न नहुने कार्य

१. ग्रहण लागेको बेला कुनै पनि शुभ कार्य वा कुनै पनि कार्यको थालनी गर्नु हुदैन ।
२. ग्रहण लागको बेला सुत्केरी, अशक्त तथा बालबालिका बाहेकले भोजन गर्नु हुदैन ।
३.ग्रहण लागेको समयमा चुल्हो बाल्न, जुठो राख्न तथा लिपपोत गर्न बर्जित रहेको छ ।
४.ग्रहण अवधिभरी कुनै पनि देवि देवताको मुर्ति, तुलसि, शालिग्रामलाई छुनु हुदैन ।
५. ग्रहणको अवधिभरी बिरामि र अशक्त बाहेकले सुत्नुहुदैन ।
६. ग्रहण लागेको बेला कोहिसंग झगडा गर्नु हुदैन ।
७. ग्रहण अवधिभर कसैसंग झुटो बोल्ने वा कुनै वाचा गर्नुहुदैन ।
८. ग्रहण अवधिभरी गर्भवती महिला घरबाट बाहिर निस्कनु हुदैन ।
९. ग्रहणलाई सुरक्षा बिना प्रत्यक्ष आखाले हेर्नु हुदैन । ग्रहण हेर्न मिल्ने चस्मा लगाउनु उत्तम हुन्छ ।
१०. ग्रहण अवधिमा चक्कु, छुरी वा धारीलो हतियारको प्रयोग गर्नु हुदैन ।
११. ग्रहण अवधिमा पूजा गर्नु हुदैन ।
१२. ग्रहण अवधिमा नुहाउनु समेत हुदैन । यसलाई अशुभ मानिन्छ ।

ग्रहण लागेको बेला के गर्ने ?
१. ग्रहण लागेको बेला भगवानको ध्यान तथा भजन गर्नुपर्दछ ।
२. ग्रहण अवधिभर शान्त रहने तथा भगवानका मन्त्र उच्चारण गरिरहनु पर्दछ ।
३. ग्रहण समाप्त भएपछि घरका हरेक कोठामा गंगाजल छरेर मात्र प्रवेश गर्नुपर्दछ ।
४. ग्रहणको अवधिमा आदित्य हृदय स्तोत्रको पाठ गर्नु लाभदायक मानिन्छ ।
५. ग्रहणको गलत प्रभावबाट बच्न महा मृत्युंजय मन्त्रको जाप गर्नुपर्दछ ।

प्रकाशित : ३ कार्तिक २०७९, बिहीबार १४:२४