प्रिमियर इन्स्योरेन्सको २० प्रतिशत बोनस शेयर पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रिमियर इन्स्योरेन्सको २० प्रतिशत बोनस शेयर पारित



काठमाडौं, पुस १४ । बिहीबार सम्पन्न भएको प्रिमियर इन्स्योरेन्स कम्पनीको २३ औं वार्षिक साधारण सभाले २० प्रतिशत बोनस शेयर पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा कुल बीमा शुल्क १ अर्ब ४१ लाख आर्जन गरि खुद मुनाफा १८ करोड ४७ लाख आर्जन गरेको छ । उक्त मुनाफाबाट बीमा कोषमा ९ करोड २३ लाख तथा गत आर्थिक वर्ष सम्मको वितरण नभएको जगेडा समावेश गरि हाल कायम रहेको चुक्ता पुँजीको २० प्रतिशतका दरले ७ करोड ४७ लाख बराबरको बोनश शेयर जारी गरि बोनश शेयरको कर प्रयोजनको लागि ३९ लाख २९ हजार नगद लाभांसको व्यवस्था गर्ने साधरण सभाबाट पारित भएको हो ।

बोनश शेयर पश्चात कम्पनीको चुक्ता पुँजी ४४ करोड ८५ लाख ३ हजार ८ सय हुनेछ । साथै कम्पनीको अधिकृत पुँजी ७५ करोडबाट बृद्धि गरी २ अर्ब र जारी पुँजी ५० करोडबाट बृद्धि गरी १ अर्ब ५० करोड पुर्याउने निर्णय साधरण सभाबाट पारित भएको छ ।

प्रकाशित : १४ पुष २०७३, बिहीबार ११:११