पावर बैंक किन्दा ध्यान दिनुपर्ने कुरा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

पावर बैंक किन्दा ध्यान दिनुपर्ने कुरा



लोडसेडिङका बेला तथा विद्युत नहुने ठाउँमा मोबाइल फोनको ब्याट्रि चार्ज गर्न अहिले धेरैले पावर बैंक प्रयोग गर्न थालेका छन् । धेरैले मोबाइल फोन चार्ज गर्न सजिलै बोकेर हिड्न मिल्ने पावर बैंक किन्न थालेका छन् ।

बजारमा धेरै कम्पनीका पावर बैंक उपलब्ध छन् तर कुन राम्रो हुन्छ भन्ने अन्यौल भने धेरैलाई हुन सक्छ । टिकाउ र गुणस्तरीय पावर बैंक छनोट गर्न यी कुरामा ध्यान दिनु जरुरी छ ।

power_bank_624x351_bbc

  • आफूले किन्ने पावर बैंकको स्ट्रेन्थ कम्तीमा आफ्नो स्मार्टफोट वा फोनको ब्याट्रिको जतिकै हुनु जरुरी छ ।
  • आफ्नो फोनमा लेखिएको जानकारी पढ्नुपर्छ । यदि पावर बैंकको स्ट्रेन्थ ब्याट्रिकोभन्दा बढी भए राम्रो हुन्छ । पावर बैंकको स्ट्रेन्थ बढी एमएएच भए राम्रो हुन्छ । किनकी यसले तपाईको फोनका साथै ट्याब चार्ज गर्न सक्छ ।
  • पावर बैंकको आउटपुट भोल्टेज तपाईको फोनको जतिकै वा त्यो भन्दा बढी हुनु जरुरी छ ।
  • यदी तपार्इं २ वटा फोन बोक्नुहुन्छ भने २ पोर्ट भएको पावर बैंक किन्नु राम्रो हुन्छ । दुईवटै फोन एकैचोटी चार्ज गर्दा समयको बचत हुन्छ ।
  • पावर बैंकमा अटो कट फिचर भएर यसबाट ओभर चार्ज हुँदैन र धेरै दिन पनि चल्छ ।
  • पावर बैंकको प्रभावकारिता पत्ता लगाउन माइक्रो युएसबी चार्जिङ किट पनि किन्न सक्नुहुन्छ । मोबाइल र पावर बैंकको बीचमा जोडिने यो किटबाट  मोबाइल छिटो चार्ज भएको छ की छैन भनेर हेर्न सकिन्छ ।
  • चार्ज किटमा सबै बत्ती बल्यो छ भने फोन राम्ररी चार्ज भैरहेको बुझिन्छ भने एक वा २ वटा बत्ती मात्र बल्छ भने  पावर बैंक कमजोर छ भनेर बुझ्न सकिन्छ ।

–    एजेन्सीको सहयोगमा

प्रकाशित : २ असार २०७२, बुधबार ०३:२९