नेपाल आउने तयारीमा रहेका २ लाख पर्यटकले बुकिङ रद्द गरे,६२ अर्ब गुम्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल आउने तयारीमा रहेका २ लाख पर्यटकले बुकिङ रद्द गरे,६२ अर्ब गुम्ने



forner630काठमाडौं । बैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका लगातार आएका पराकम्पपछि नेपाल आउने तयारीमा रहेका २ लाख पर्यटकले बुकिङ रद्द गरेका छन् । यसले ३ महिनामा पर्यटन क्षेत्रले करिब १२ अर्ब रुपैंयाबराबरको आम्दानी गुमाएको छ ।

यो वर्ष (सन् २०१५) मा पर्यटक आगमन ४० प्रतिशतले घट्ने प्रक्षेपण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ । आगामी २ वर्षसम्म लगातार २० प्रतिशत पर्यटक घट्ने प्रक्षेपण पनि मन्त्रालयको छ ।

२ लाख पर्यटन आउने तयारीमा थिए भूकम्पले सबै रोकिएका कारण हामीले कम्तिमा १२ अर्ब रुपैयां गुमाउनु परेको छ, पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले भने । विभागका अनुसार कम्तिमा १ पर्यटकले टिकटबाहेक मात्रै न्यूनतम ६० हजार रुपैयां खर्च गर्छन । यसैलाई आधारमान्दापनि कम्तिमा १२ खर्ब रुपैंयां नोक्सान भइसकेको गौतमले बताएको खबर आजको कारोबारले छापेको छ ।

प्रकाशित : २ असार २०७२, बुधबार ०४:१५