आजदेखि नेपाल टेलिकमको फोरजी सेवा,यसरी चलाउनुहोस फोरजी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आजदेखि नेपाल टेलिकमको फोरजी सेवा,यसरी चलाउनुहोस फोरजी



काठमाडौं, १७ पुस । नेपाल टेलिकमले आजदेखि फोरजी ( वायरलेस दूरसञ्चार प्रविधिको चौथो पुस्ता) सेवा सञ्चालनमा ल्याउने भएको छ । फोरजी अहिले सञ्चालनमा रहेको थ्रीजी सेवाको स्तरोन्नति हो । मोवाइल वेभ एक्सेस, आइपी टेलिफोनी, गेमिङ सर्भिस, एचडी (हाइ डेफिनिसन)मोवाइल टीभी, भिडीयो कन्फ्रेन्सिङजस्ता सुविधाहरु फोरजी नेटवर्कबाट अन्तर्गत प्राप्त हुनेछन् । यस नेटवर्क अन्तर्गत प्राप्त हुने डेटा सर्भिस दु्रत गतिको हुनेछ ।

नेपाल टेलिकमसँग थ्रीजीकै लागि तयार पूर्वाधारमा केही सफ्टवेयर तथा अन्य सुविधा थप गरी काठमाडौंबाट यो सेवा शुरु गर्ने भएको हो । यो सेवाको अहिले मध्यान्हमा सोल्टी होटलमा एक भव्य समारोहबीच उद्घाटन गर्ने कार्यक्रम रहेको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले आजबाट सुरु गरेको फोरजी तत्काल काठमाडौँ उपत्यका र पोखराका अधिकांश क्षेत्रमा उपलब्ध छ। अन्य स्थानमा भने विस्तार गर्दै लैजाने नेपाल टेलिकमले जनाएको छ। तपाइँको मोबाइल र सीम कार्ड फोरजी सपोर्ट गर्ने हुनुपर्छ।

मोबाइलको नेटवर्क सेटिङमा गएर फोनले कुनकुन प्रविधिमा काम गर्छ हेर्न सकिन्छ। त्यहाँबाट तपाँइले फोरजी र एलटिई रहे नरहेको हेर्नुपर्छ। साथै नेपाल टेलिकमको नेटवर्कमा फोरजी एलटिई सेवा सुचारु गर्नका लागि तपाइँको मोबाइल फोनले १८ सय मेगाहर्ज ब्याण्डमा काम गर्छ कि गर्दैन भन्ने सुनिश्चत गर्नुपर्छ।

मोबाइलमा *444# डायल गरी प्राप्त निर्देशन अनुसार परीक्षण गर्न सकिन्छ। यदि सीमले सपोर्ट नगरे काठमाडौँको चाबहिल, हात्तिगौडा, गोंगबु, सुन्धारा, छाउनी, बबरमहल, जाउलाखेल, साझाभवन, ठिमी र भक्तपुर तथा पोखरामा दूरसञ्चार कार्यालय महेन्द्रपुलबाट सीमकार्ड परिवर्तन गर्नुपर्छ।

थ्रीजी सेवाका लागि प्रयोग भएको ntnet वा ntwap मध्ये कुनै APN फोनमा प्रयोग गर्नुपर्छ।

फोरजी सेवा लिनका लागि हाल छुट्टै शुल्क तिर्नुपर्दैन।

प्रकाशित : १७ पुष २०७३, आईतवार ०८:२१