क्षतिग्रस्त उद्योगलाई सहुलियत ऋणक्षतिग्रस्त उद्योगलाई सहुलियत ऋण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

क्षतिग्रस्त उद्योगलाई सहुलियत ऋणक्षतिग्रस्त उद्योगलाई सहुलियत ऋण



काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले भूकम्पमा क्षति भएका कलकारखाना, उद्योगलाई सहुलियत ऋण उपलब्ध गराउने बताएका छन् ।

फुटवेयर म्यानुप्mयाक्चरर्स एसोसिएसन अफ नेपालले मंगलबार आयोजना गरेको जुत्ता तथा चप्पल डिजाइन तालिमको उद्घाटनमा उनले क्षतिग्रष्त उद्योगलाई ऋण उपलब्ध गराउन मन्त्रालयले पहल गरेको बताएका हुन् । उनले भूकम्पपछि रोजगारीका लागि बाहिरिनेको संख्या दिनानुदिन बढ्दै गएको भन्दै यस्ता खालको तालिम दिएर नेपालमै काममा लगाउनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य संघका कार्यबाहक अध्यष पशुपति मुरारकाले नेपाली उद्योग क्षेत्रका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने बताए । संघले काठमाडौं उपत्यकाका २० उद्योगमा २० जनालाई तीन महिने निःशुल्क तालिम दिन लागेको आजको नागरिकमा खबर छ ।

प्रकाशित : २ असार २०७२, बुधबार ०४:२१