बिराटनगर पुगेका अर्थविदहरुले भने: राजनीति भित्रको विकृति हटाउन डा.शेखरले जित्नुपर्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

बिराटनगर पुगेका अर्थविदहरुले भने: राजनीति भित्रको विकृति हटाउन डा.शेखरले जित्नुपर्छ



बिराटनगर । अर्थबिदहरुले बिराटनगर पुगेर २०७४ मा डा.शेखर कोइरालाले निर्वाचन हारेर ठूलो राजनीतिक दुर्घटना भएको बताएका छन्।

कांग्रेस युवा नेता एवं राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले बिगतमा डा.शेखर कोइरालाले निर्वाचन हारेर ठूलो राजनीतिक दुर्घटना भएको बताए। ‘डा शेखरले २०७४ मा निर्वाचन जितेको भए अहिले राष्ट्रिय राजनीतिको परिस्थिति अर्कै हुने थियो’, वाग्लेले भने।

कांग्रेस केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा.गोविन्दराज पोख्रेलले शेखर कोइराला केही गर्न सक्ने ईच्छाशक्ति भएको नेता भएको बताए। राजनीति भित्रको विकृति हटाउँन पनि डा.शेखरको भुमिका जरुरी रहेको उनले बताए।

नेपाल सरकारका पुर्वमुख्य सचिव डा.बिमल कोइरालाले डा शेखर कोइरालासँग मुलुकको भविष्य जोडिएको बताए। उनले भने, ‘देश बनाउँन महाभारतको कृष्ण आउँदैनन्, शेखरहरुले नै मुलुक बनाउने हो।’

नेपाली कांग्रेस बिराटनगर महानगर समिति बिराटनगरमा आयोजना गरेको ‘समसामयिक आर्थिक अवस्था र नेपाली राजनीति’बिषयक अन्तरक्रियामा उनीहरुले आफ्नो धारणा राखेका हुन् ।

प्रकाशित : २६ कार्तिक २०७९, शनिबार १९:३२