सन्दर्भ ब्याजदर पुनरावलोकन गरी स्वचालित गर्न महासंघको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सन्दर्भ ब्याजदर पुनरावलोकन गरी स्वचालित गर्न महासंघको माग



काठमाडौं । सहकारी महासंघले तत्काल सन्दर्भ ब्याजदर पुनरावलोकन गरी स्वचालित बजारदरमा निर्धारण हुने व्यवस्था मिलाउन भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग माग गरेको छ । सोमबार विज्ञप्ती जारी गर्दै महासंघले सन्दर्भ व्याजदर पुनरावलोकनका साथै यसलाई क्यापिङका रुपमा नभई बजार अनुरुप स्वचालित बजारदर निर्धारण हुने कानुनी व्यवस्था मिलाउन माग गरेको हो ।

त्यस्तै, महासंघले विज्ञप्तीमार्फत पटकपटक अभियानको तर्फबाट सन्दर्भ ब्याजदर परिवर्तन गर्न सुझाव दिएपनि हालसम्म कुनै सुनुवाइ नहुनु दुःखद भएको उल्लेख गरेको छ । सहकारी संघसंस्थाको वित्तीय जोखिम न्यूनिकरण गर्न आवश्यक सहकारी कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोषको स्थापना तथा कर्जा असुली न्याधिकरणको अविलम्ब गठन गर्न समेत उसले माग गरेको छ ।

महासंघले सहकारी संघसंस्थालाई नियमित रुपमा सदस्यहरुसंग जोखिम विश्लेषण गरेर कारोबार गर्न, खर्चमा मितव्ययिता लगाएत खराव कर्जा असुलीमा विशेष ध्यान दिन आग्रह गरेको छ । साथै, विभिन्न प्रतिकूलताका बावजुद पनि सहकारी संस्थाहरु नियमित रुपमा सञ्चालन भइरहेको भन्दै महासंघले केन्द्रिय संघ एवं राष्ट्रिय सहकारी बैंकलाई सदस्य संस्थाहरुसँग समन्वय र सहकार्य गरि सहजीकरण गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित : २८ कार्तिक २०७९, सोमबार २०:२३