राष्ट्रिय बिमा संस्थानको कस्तो छ वित्तिय अवस्था ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

राष्ट्रिय बिमा संस्थानको कस्तो छ वित्तिय अवस्था ?



काठमाडौं । राष्ट्रिय बिमा संस्थानले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यस अवधिको तुलनामा २३.३५ प्रतिशतले धेरै हो ।गत वर्ष यसले १ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

असोज मसान्तसम्म संस्थानको खुद बिमा शुल्क आम्दानी भने ७५.३६ प्रतिशतले घटेर १ अर्ब ११ करोड रुपैयाँमा झरेको छ । गत वर्ष यसले ४ अर्ब ५३ रोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

संस्थानले यो त्रैमाससम्म ७६ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यता, कम्पनीले जीवन बिमा कोष भने ३७ अर्ब १४ करोड रुपैयाँबाट बढोत्तरी गरेर ४० अर्ब २४ करोड पुर्याएको छ । हाल राष्ट्रिय बिमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा ४३ करोड ३१ लाख रुपैयाँ छ ।

प्रकाशित : १ मंसिर २०७९, बिहीबार ११:४९