मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेन्ट बैंकले २५ प्रतिशत हकप्रद निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेन्ट बैंकले २५ प्रतिशत हकप्रद निष्काशन गर्ने



काठमाडौं, १८ पुस । मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेन्ट बैंकले आर्थिक बर्ष ०७२/०७३ मा कायम चुक्ता पूँजीको २५ प्रतिशत (अर्थात १ बराबर ०.५० को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शेयरधनीलाई जारी गर्न लागेको प्रति सेयर सय रुपैयाँका दरले हुने १ लाख ५० हजार कित्ता सेयरको सार्वजनिक गर्न लागेको हो ।

सो मात्राको हकप्रद निष्काशनको लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता सोमबार सम्पन्न भयो । सम्झौतामा मिर्मिरे माईक्रोफाइनान्स डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी तथा निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका तर्फबाट महा–प्रबन्धक शंकरप्रसाद कालीकोटाले हस्ताक्षर गरेका छन् ।

मिर्मिरे माईक्रोफाईनान्सको छैठौं वार्षिक साधारण सभाले कम्पनीको अधिकृत पूँजी १० दश करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।

प्रकाशित : १८ पुष २०७३, सोमबार १२:३०