जेठमा दैनिक सवा २ अर्बभन्दा बढी खर्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जेठमा दैनिक सवा २ अर्बभन्दा बढी खर्च



काठमाडौं । चालू वर्षको जेठमा सरकारले दैनिक सवा २ अर्बभन्दा बढी खर्च गरेको छ । महिनाभर ७७ करोड ७९ लाख रुपैंयां खर्च भएको छ, जुन कुल बजेटको १२ प्रतिशत हो । भूकम्पका कारण पुँजीगत खर्च खासै नभए पनि समग्र खर्च भने बढेको छ ।
महालेखानियन्त्रक कार्यालयका अनुसार जेठसम्म ३ खर्ब ८८ अर्ब ९७ करोड ९९ लाख रुपैंयां खर्च भएको छ । यो विनियोजित बजेटको ६२.९३ प्रतिशत हो । बैशाखसम्म ३ खर्ब १६ अर्ब २० करोड २० लाख रुपैयां खर्च भएको छ । विदेशी दाताको सहायतामा सञ्चालित परियोजनामा भएको सिधै खर्चको विवरण भने यसमा समावेश छैन । आजको कारोबार खबर छ ।

प्रकाशित : २ असार २०७२, बुधबार ०४:२४